काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले पदको लागि ६ बुँदे प्रस्ताव पेश नगरेको प्रष्ट पारेका छन् ।
पछिल्लो समय नेता वामदेवलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्ता छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको आरोप लागेको छ । ओली कित्तामा लागेकाले उनी आगामी मन्त्रिमण्डल हेरफेरमा उपप्रधानमन्त्री सहित अर्थमन्त्री र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेको समाचारहरु आइरहेका छन् ।
गौतमको सचिवालयले यी सबै समाचारहरु निराधार भएको दावी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै यी समाचारमा गौतमको गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । ‘आज केही अनलाइन माध्यमहरुमा क. बामदेव गौतम `आगामी महाधिवेशनबाट म अध्यक्षको दावेदार हु ´भन्ने शीर्षक राखी समाचार सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ‘क. वामदेव गौतमले साउन १३ गतेको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउनका निम्ति आफूले सकेसम्मको प्रयत्न स्वरुप ६ बुदे प्रस्ताव राख्नुभएको थियो । सोही प्रस्तावलाई आधार बनाउदै ‘बामदेवलाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी र पार्टीको आगामी महाधिवेशनमा अध्यक्षको दावेदार हुँ’ भन्नू भयो भन्ने भम्रपूर्ण समाचार प्रती दुख व्यक्त गर्दछु।’
गौतमका स्वकीय सचिव दिपक टमटामार्फत जारी सो विज्ञप्तिमा थप भनिएको छ, ‘साथै यस्ता निराधार समाचारहरुमा सत्यता नरहेको समेत जानकारी गराउँदछु । अब उपरान्त कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्नु हुन समेत सचेत गराउँदछु।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend