काठमाडौं । नेपालीलाई भूटानी शरणार्थी बनाउँदै यूरोपदेखि अमेरिकासम्म पठाउने गिरोहका मुख्य नाइके पूर्व परराष्ट्र मन्त्री तथा नेपाली नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव केशवप्रसाद दुलाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार दुलाललाई पक्राउ गरेपछि उनको गिरोहमा को को छन्, तिनको पनि प्रहरीले खोजी गर्ला कि राजनीतिक दबाबमा दुलाललाई उन्मुक्ति देला भन्ने शंका उपशंका प्रकट हुन थालेका छन् ।
कीर्ते कागजात तयार गरी नेपालीलाई भूटानी शरणार्थी बनाउने समूहको मुख्य नाइके आवरणमा दुलाल देखिएका छन् । तर उनको यस्तो गैरकानुनी धन्दामा गृहमन्त्रालय अन्तर्गत प्रशासन कार्यालयका कर्मचारीदेखि परराष्ट्र मन्त्रालयका अधिकारीसम्मको संलग्नता विना भूटानी शरणार्थीलाई नेपाली बनाउन संभव नै नभएको प्रहरीका अधिकारी बताउँछन् ।
दुलालले पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाको आडभरोसामा नेपालीलाई भूटानी शरणार्थी बनाएर पठाउने ४ बर्षदेखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का पालादेखि गर्दैआएको स्र्रोत बताउँछ ।
नेपालीलाई भूटानी शरणार्थी बनाउने र अमेरिका पठाउनेसम्मको दुलाल गिरोहले प्रतिब्यक्ति २० देखि ३० लाख रुपैयाँसम्म उठाएको र प्रहरीले गहन अनुसन्धान गरेमा यसमा करोड होइन, अरब नै संकलन गरिएको हुनसक्ने स्रोत बताउँछ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा ८१ जना नेपालीलाई दुलाल समूहले भूटानी शरणार्थी बनाएर विदेश पठाएको फेलापारेको छ । स्रोतका अनुसार राजनीतिक दबाब चिरेर यसको बिस्तृत अनुसन्धान प्रहरीले गर्न सकेमा अरब नै उठाएको फेलापर्नेछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend