Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • उपेन्द्र यादवको दाबी- रेशम चौधरी केही महिनामै रिहा हुने


    आइतबार, चैत्र १२ २०७९
    1.6K
    Shares
    Upendra Yadav, Samajwadi Party-Nepal
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही महिनामै रिहा हुने दाबी गरेका छन् ।

    आज आइतबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट चौधरी रिहा हुने दाबी गरे । ‘रेशम चौधरीलाई रिहा गर्नु पर्छ । थरुहट आन्दोलन ले उठाएका मुद्दाहरु सम्बोधन गर्नुपर्छ, उनले भने, ‘ रेशम चौधरी केही महिना भित्रै रिहाइ हुने, सर्वोच्च अदालतले रिहाइ गर्छ भन्ने सम्भावना देखिन्छ।’

    मुद्दाको प्रकृति हेर्दा उनी रिहाइ हुने सम्भावना रहेको यादवको दाबी थियो । अर्को प्रसङ्गमा उनले नेकपा एकीकृत समाजवादीसँग एकता हुन ढिलाइ हुनुको कारण पनि खोले ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार