Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • सुर्खेत विमानस्थलमा उपाध्यक्ष पौडेलले भने – प्रचण्डले हामीलाई धोका दिनुभयो


    आइतबार, चैत्र १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । तर, प्रचण्डले आफूहरुलाई धोका दिएको उनको आरोप छ ।

    उनले भने ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।’

    गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको भन्दै उनले भने,‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार