काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् ।
उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ । कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ ।
नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए । कर्मचारी समायोजन ऐनअनुसार धनगढीमा १६ जनाको दरबन्दी हो तर अहिले सरुवा सहमति लिएर कर्मचारी आउँदा यो संख्या बढेर ५४ पुगेपछि समस्या भएको उनले बताए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend