काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुटनुपर्ने बेला आएको दाबी गरेका छन्।
राजश्वले चालू खर्च समेत धान्न र राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्थामा रहेको उनको भनाइ थियो। मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र फेरि एकजुट हुनुपर्ने अवस्था आएको उनले बताए ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिको शनिबार बुटवलमा साधारणसभाको उद्घाटन गर्दै पौडेलले भने, ‘पछिल्लो पटक छोटो कार्यकालको अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझ्न पाएँ’, नेता पौडेलले भने, ‘आन्तरिक राजश्वले चालू खर्च धान्ने अवस्थामा छैन । विदेशी मुद्रा सञ्चित पनि राम्रो छैन । राजश्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ ।’
मुलुकमा २०२८ सालमा पनि अहिलेको जस्तै अवस्था देखिएको उनको भनाइ थियो। फेरि २०७९ मा ५० वर्ष आधा शताब्दीपछि पनि आर्थिक संकटपूर्ण अवस्था आएको उनले बताए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend