Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री बन्न लागेको भन्ने कुरामा सत्यता छैन, कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : गगन थापा


    शनिबार, चैत्र ११ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेसलाई मजबुद बनाउन लागिपरेको बताएका छन् । साथै उनले आफू मन्त्री बन्न लागेको भन्ने कुरा हल्ला मात्र भएको बताएका छन्

    कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको दाबी गरेका हुन् । उनले भने, ‘मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले कांग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ ।’

    थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिए । उनले भने, ‘केही साथीहरु भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरुको माया र शुभेच्छाले अगाडी बढेको छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार