ढल्केवर। पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा भने एक जना गम्भीर घाइते भएको छ ।
आज शनिबार बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ट्रक एक आपसमा ठोक्किएकाे थियो ।
ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलाका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङ्गको बेलवारी–८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको छ भने सोही ट्रकका चालक सर्लाहीको बाग्मती–११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले बताउए ।
ठक्करबाट सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक नीजि अस्पताल उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घाइते को उपचार सोही अस्पतालमा भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend