काठमाडौं। सरकारले नेपाल प्रहरीको ३० औं आईजीपीमा बसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को आज शुक्रबार अपराह्न बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआर्ईजी कुँवरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो । कुँवर पहिलो वरियताका एआईजी हुन् । उनलाई सोमबार मात्रै एआइजी नियुक्त गरिएको थियो । पहिलो वरियताका एआईजीलाई आइजीपी नियुक्ति गरिएकाले विवादरहित निर्णयका रुपमा लिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो वरियताका श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने पक्षमा थिए । तर उनले प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्दा उमेर ढाँटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेपछि उनलाई नियुक्त नगर्न सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आग्रह गरेपछि कुँवरलाई नियुक्ति गर्ने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् ।
यस आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।
अर्घाखाँचीका कुँवरले शंकरदेव कलेज काठमाडौंबाट स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend