काठमाडौं । नेपालको पहिलो सुरुङमार्गको मौलिकता गुम्ने गरी मर्मत थालिएको छ। जीर्ण अवस्थामा रहेको यो सुरुङमार्गको बागमती प्रदेश सरकारले यति बेला मर्मत गरिरहेको छ। पुरातात्त्विक महत्वको सुरुङ मर्मत गर्दा मौलिकतामा ख्याल गरिएको छैन। उपत्यकालाई तराईसँग जोड्ने गरी चुरेमा १०६ वर्षअघि सुरुङमार्ग निर्माण गरिएको थियो।
जथाभाबी मर्मत गर्दा यसको मौलिकता गुम्ने खतरा बढ्दै गएको छ। चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माणसँगै प्रयोगविहीन बनेर जीर्ण अवस्थामा पुगेको मानव निर्मित सुरुङमार्गको मर्मत थालिए पनि ऐतिहासिक सम्पदाको मौलिकता गुम्न नदिन र मौलिकताको संरक्षणमा न प्रदेश सरकारको न त पुरातत्व विभागको ध्यान पुग्न सकेको छ।
एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने र पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र मौलिकता नबिग्रने गरी मर्मतसम्भार वा जीर्णोद्धार गर्नुपर्ने प्रावधान छ। बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडाले सम्पदाको जीर्णोद्धारका क्रममा पालना गर्नुपर्ने मापदण्डविपरीत मर्मत गरिरहेको पाइएको छ।
यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले पुरातत्व विभागबाट स्वीकृति लिएर मात्र सुरुङमार्ग मर्मतको काम सुरु गरेको बताउँदै भने, “पहिलेकै प्रविधिअनुसार मर्मतको काम सम्भव छैन। अहिले सिमेन्ट र छडको प्रयोग भएको छ।”
ओझाको यस्तो भनाइ रहेको भए पनि पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवरले भने स्वीकृति लिइएकोमा शङ्का गर्नुभयो। एक सय वर्ष नाघेका सार्वजनिक पूर्वाधार ऐतिहासिक सम्पदामा गणना हुने उल्लेख गर्दै उनले भने, “त्यस्ता सम्पदाको मर्मत गर्न विभागसँग पूर्वस्वीकृति लिनुपर्छ। हामीसँग यस्तो स्वीकृति लिए–नलिएका बारेमा जानकारी भएन।”
पटक–पटकको भूकम्प र मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा पुगेको चुरियामाई सुरुङमार्ग १९७४ सालमा निर्माण भएको थियो। नेपालको पहिलो सुरुङमार्गका परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो।
रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेलमा आउने र अमलेखगञ्जबाट मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीसम्म सडकमार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरे पर्वत छिचोल्ने गरी माटो, इँटा, चुना र सुर्कीको प्रयोग गरी परम्परागत प्रविधिबाट सुरुङमार्ग निर्माण गरिएको थियो। अहिले मौलिकतालाई बेवास्ता गर्दै सिमेन्ट, छडलगायतका आधुनिक निर्माण सामग्रीको प्रयोग भइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend