Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु, १७५ पुगे मृतक


    बुधबार, भाद्र १० २०७७
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र नौ जना पुरुषहरु रहेका छन् । 

    मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । 

    त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ । 

    हालसम्म मृत्यु हुनेको संख्या १७५ पुगेको छ । कुल कोरोना संक्रमितको ० दशमलव ५ प्रतिशतको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार