Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिमण्डल हेरफेरकाे तयारी: नयाँ मन्त्रीहरुको टुंगो शनिबार लाग्ने


    बुधबार, भाद्र १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपाभित्र मन्त्रिमण्डल हेरफेरकाे तयारी हुनासाथ नयाँ मन्त्री चयनको दौडधुप सुरु भएको छ । स्राेतका अनुसार आगामी शनिबार बस्न लागेको सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेकाे छ।

    गृहमन्त्री रामबहादुर थापा समेत रेडजोनमा रहेको स्रोत बताउँछ । पछिल्लो समय उनी विवादमा पर्दै आएका छन् भने साथै प्रचण्डसँग पनि उनको दुरी बढेको छ । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल पनि हेरफेर हुने सूचिमा पर्ने जोखिम छ । कामको हिसाबले खानेपानी मन्त्री बिना मगर पहिले नै हट्नुपर्ने भएपनि प्रचण्डकै बुहारी भएकाले उनलाई हटाइएन ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रै काम गरेको भएपनि भाग पु¥याउन उनलाई पनि हटाउने सम्भावना रहेको स्रोतकाे भनाइ छ। नेकपाबाट सुरेन्द्र पाण्डे मन्त्री बन्ने पक्का छ । 

    त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् ।

    त्यस्तै भिम रावलको समेत नाम मन्त्रीमा चर्चा भएपनि उनले आफु सरकारमा जान लालायित नभएको प्रतिक्रिया दिएका छन् । तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।

    त्यस्तै आगामी २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिदैछ । उनको राष्ट्रियसभाको कार्यकाल सकिएको र सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुनसक्ने संवैधानिक प्रावधान छ । जसअनुसार २० गते सांसद पदबाट अवकाश पाएको ६ महिना पुग्दैछ । अर्थमन्त्रीसहित अन्य मन्त्रीहरु समेत हेरफेर गर्न लागिएको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ ।

    पार्टीमा  पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रीपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार