पर्सा । वीरगञ्जमा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।
संक्रमितमध्ये चार महिला र १५ पुरुष रहेका छन्। तीमध्ये पर्सा नगरपालिकाका १२ जना, वीरगञ्ज महानगरपालिकाका ६ जना र धोबिनी गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएकासहित पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ९८ पुगेको छ।