Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ प्रतितोला ४ सयले घट्यो


    बुधबार, भाद्र १० २०७७
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार पनि घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

    पछिल्लो एकसातामा थोरैमात्र भएपनि भाउ निरन्तर ओरालो लागिरहेको छ । साउन २३ गते तोलाको एक लाख ३ हजार ५ सयमा किनबेच भएर रेकर्ड कायम गरेको सुनको मूल्य २८ गते २५ हजार ५ सयमा झरेर सामान्य बढेको थियो । तर, भदौ ३ गते तोलाको १ लाख ४ सय रुपैयाँ पुगेर सुन सस्तो बन्‍न थालेको छ ।

    सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार