Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • विराटनगरमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि


    बुधबार, भाद्र १० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार राति उपचारकै क्रममा मृत्यु भएको महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराट मेडिकल कलेज ती महिलाको मृत्यु मंगलबार राति ८ बजे मृत्यु भएको थियो ।  

    जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार विराटनगर-१५ मिल्सएरियाकी ४४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो। 

    उनलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएको थियो। ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएकी उनको उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ। उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

    ती महिलाको रिपोर्ट आज बिहान आएको थियो । उनको कोरोना रिपोर्ट अनुसार ती महिलामा संक्रमण देखिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार