काठमाडौं । यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ८ लाख बढी सेवाग्राही कुरिरहेका छन्। उनीहरू एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।
विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ। यसले गर्दा सेवाग्राही मर्कामा छन्।
कीर्तिपुरकी अरुणा खड्काले यातायात व्यवस्था कार्यालय एकान्तकुना सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेको १ वर्ष भइसक्यो। पास भएको कागज बोकेर स्कुटर चलाउने अरुणाले अहिलेसम्म लाइसेन्स हात पारेकी छेैनन्। उनी भन्छिन्, ‘३ महिनामा लाइसेन्स लिन आउनु भनेको थियो तर ३ पटक गइसकेँ प्रिन्ट भएकै छैन भन्छन्।’
यस्तै, लाइसेन्स नवीकरण शाखामा दोलखाका मानबहादुर तामाङ भेटिए। ट्रक चलाएर जीविकोपार्जन गर्ने तामाङले सवारी अनुमतिपत्र नवीकरण गर्नका लागि निवेदन दिएका छन्। एक वर्ष अगाडि फारम बुझाएका उनले अहिलेसम्म नयाँ लाइसेन्स पाएका छैनन्। मिति सकिएको पुरानै लाइसेन्स बोकेर सवारी कुदाइरहेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend