Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नियुक्ति नै नभएका कुलमानलाई बधाइको ओइरो


    मंगलबार, भाद्र ९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आगामी भदौ २८ गते सकिंदैछ । तर आजकै मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको सामाजिक संजालमा भाइरल बन्यो । मन्त्रिपरिषद बैठक सुरु नहुँदै अपराह्न ५ बजेदेखि घिसिङ नियुक्ति भएको भन्दै फेसबुक र ट्वीटरमा ह्वारह्वारर्ती बधाई ओइरिन थाले । कुलमानलाई एक से एक हस्तीहरुले पनि बधाइ पोष्ट गर्न थाले ।

    मन्त्रिपरिषद बैठक चलिरहँदा सामाजिक संजाल कुलमान नियुक्ति भएको हल्लाले रंगिइसकेका थिए । तर उनको नियुक्तिको प्रस्ताव नै मन्त्रिपरिषद बैठकमा लगिएको थिएन । ऊर्जामन्त्री बर्षमान पुनले घिसिङलाई प्राधिकरणमा पुनर्नियुक्तिको प्रस्ताव नै नलगेको भए पनि सामाजिक संजालमा ब्यापक भयो । केही अनलाइनले समेत घिसिङ नियुक्ति भएको समाचार बनाए । मन्त्रिपरिषद बैठक नसकिंदै चलाइएको हल्ला ७ बजेपछि बल्ल मथ्थर भयो । कुलमानको नियुक्ति नै नभएको बिषय केही संचारकर्मीले सामाजिक संजालमा लेखेपछि हल्ला गर्ने क्रम बन्द भएको थियो ।

     लोडसेडिङ अन्त्य गरेको श्रेय पाएका कुलमानको नियुक्ति होस् भन्ने आम अपेक्षा भए पनि अझै १९ दिनसम्म उनको कार्यकाल बाँकी छ । कुलमानको कार्यकाल सकिनै लाग्दा उनलाई पुनर्नियुक्ति गर्न माग गर्दै सामाजिक संजालमा उनको फोटो राखेर  प्रचार अभियान चलाइएको छ । उनको पुनर्नियुक्तिको माग गर्दै गीत नै तयार गरी सामाजिक संजालमा भाइरल बनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार