Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विप्लव समूहका केन्द्रीय सदस्य  पुनः पक्राउ


    मंगलबार, भाद्र ९ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेत्रविक्रम चन्द  नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगतै पुनः पक्राउ परेका छन्।

    हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ परेका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरे पनि  धरौटी तिर्न नसकेपछि कारागार चलान गरिएको थियो ।

    सर्वोच्च अदालतमा गैरकानुनी रुपमा कारागार चलान भएको भनी बन्दिप्रत्यक्षीकरणको रिट निवेदन परेपछि न्यायाधीश दीपक कार्की र प्रकाशमान सिंह राउतको आदेशमा बिनाधरौटी आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

    भोजपुरबाट रिहा हुनेबितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातहतियार तथा साङ्गठनिक अपराधसम्बन्धी नै मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई गत साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रणमा लिएर भोजपुर ल्याइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार