काठमाडौं । खोटाङको साकेला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनुरास्ववियुको प्यानल निर्वाचित भएको छ । खोटाङका सात क्याम्पसमध्ये साकेला बहुमुखी क्याम्पसको स्ववियुमा यामकुमार खड्का अध्यक्ष रहेको अनेरास्ववियुको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
आइतबार घोषित अन्तिम परिणाम अनुसार अनेरास्ववियुबाट स्ववियु सचिवमा रमिता फुयाँल, कोषाध्यक्षमा सरला राई, सदस्यमा रीता खड्का, कविता खड्का र उमा विष्ट निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
स्ववियु निर्वाचन तालिका बमोजिम निर्वाचन प्रकृया पूरा गरी खड्का नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत इन्द्रकुमार तामाङले बताए । त्रिभुवन बिश्वविद्यालयको स्ववियु निर्वाचन तालिका अनुसार अन्य विद्यार्थी संगठन दर्ता हुन नआएको निर्वाचन समितिले जनाएको छ ।
विद्यार्थी संगठनबीचमा सहमती नजुट्दा दिक्तेल बहुमुखी क्याम्पस, रावा क्याम्पस खार्पा, हलेसी क्याम्पस, खोटाङ क्याम्पस, खोटाङबजार, सिमपानी क्याम्पस, सिमपानी र चिसापानी क्याम्पसमा भने स्ववियु निर्वाचन हुन नसकेको हो । अन्य जिल्लाका क्याम्पसमा धमाधम मतदान भइरहँदा जिल्लाका क्याम्पस सुनसान देखिएको थियो । जिल्लाका विद्यार्थी नेता दिक्तेल बहुमुखी क्याम्पसमा मात्र केन्द्रित हुँदा विद्यार्थी संगठन अन्य कतिपय क्याम्पसमा निर्वाचन प्रकृयामा जानबाट चुकेको हो ।
सबैको ध्यान केन्द्रित भएको दिक्तेल बहुमुखी क्याम्पसमा निर्धारित मितिमा स्ववियु निर्वाचन हुन सकेन । विद्यार्थी संगठनहरुबीचमा भएको पटक–पटकको छलफलमा सहमती नजुट्दा स्ववियु निर्वाचन कायक्रम अघि बढ्न नसकेको निर्वाचन अधिकारी लालप्रसाद घिमिरेले बताए । खोटाङ क्याम्पसमा सोमबार छलफलमा बस्ने, सहमती जुटे सहमतीमै स्ववियु गठन गर्ने वा निर्वाचन प्रकृयामा जाने निर्णय भएको छ ।
सिमपानी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया अघि बढाइए पनि कसैको उम्मेदवारी परेन । संगठन दर्ता गरे पनि उम्मेदवारी दर्ता नभएको सिमपानी क्याम्पसका प्रमुख कमलकृष्ण बुढाथोकीले बताए । ‘संगठन दर्ता भयो तर उम्मेदवारी दिन वास्ता गरेनन्,’ बुढाथोकीले भने, ‘क्याम्पसमा नियमित विद्यार्थी आउँदैनन् । छोरी बुहारी बढी छन् । कोही विदेश छन् ।’
हलेसी क्याम्पसमा स्ववियु निर्वाचन प्रकृया नै अघि बढाइएन । विद्यार्थी संगठनको गतिविधि नै नभएपछि निर्वाचन प्रकृया अघि नबढेको हलेसी क्याम्पस प्रमुख चक्रबहादुर राईले बताए । ‘विद्यार्थी भर्ना हुन आउँछन् । अझ परिक्षा फर्म भर्नेबेला आउँछन्,’ राईले भने, ‘नियमित आउने भनेको छोरी बुहारी मात्र हो ।’ रावा क्याम्पसमा निर्वाचन समिति बनेर संगठन दर्ता भए पनि फागुन २६ गतेको बैठकमा सहमती नजुटेपछि निर्वाचन रोकिएको क्याम्पस प्रमुख दिपक पोखरेलले बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend