Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्ववियु निर्वाचन स्थगित क्याम्पसमा चैत्र ३० गते चुनाव गर्ने सहमति


    बिहिबार, चैत्र २३ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्ववियु निर्वाचन स्थगित क्याम्पसहरूमा एकै पटक चैत्र ३० गते चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति भएको छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच ३० गते निर्वाचन गर्ने सहमति भएको हो ।

    विद्यार्थी संगठनहरुले आज विज्ञप्तिमार्फत विद्यार्थी भर्ना लगायतका कारणबाट निर्वाचन हुन नसकेका क्याम्पसहरूमा त्रिविलाई सत्य तथ्य छानबिन गर्दै चुनावी प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

    निर्वाचन बिथोलिने गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि बढाउने संगठनहरुले बताएका छन् ।

    संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल,अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार