Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्ववियु निर्वाचन  : नयाँ नेतृत्वका लागि आज मतदान हुँदै


    आइतबार, चैत्र ५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन विश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।

    काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखि मतदान सुरु हुने छ भने साँझ ४ बजे भित्रमा मतदान सम्पन्न हुने गरी त्रिविले कार्यतालिका सार्वजनिक गरेको छ ।

    पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन् । जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार