Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३६ लाख बढी


    मंगलबार, भाद्र ९ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्व महामारी कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख १३ हजार २ सय ६५ पुगेको छ । जोन्स होप्किन्स विश्वविद्यालयले मंगलबार जारी गरेको तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ३६ लाख ५८ हजार बढी छन् । 

    यस्तै कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५७ लाख ४० हजार ९ सय बढी संक्रमित छन् भने एक लाख ७७ हजार २ सय ७९ को मृत्यु भएको छ । 

    दोस्रो स्थानमा रहेको ब्राजिलमा ३६ लाख २२ हजार ८ सय ६१ संक्रमित भएका छन् । एक लाख १५ हजार ३ सय ९ जनाको मृत्यु भएको छ । 

    मेक्सिकोेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार ८ सय पुगेको छ । साथै भारतमा पनि ५८ हजार ३ सय ९० जनाको कोरोनाबाट मृत्यु भइसकेको जनाइएको छ ।बेलायतमा पनि ४१ हजार ५ सय १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार