Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • कीर्तिपुर प्रहरीकाे गाडी दुर्घटना, सात जना घाइते


    मंगलबार, भाद्र ९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त कीर्तिपुरको गाडी चोभारगेट नजिक दुर्घटना भएको छ। दुर्घटनामा सात जना प्रहरी घाइते भएका छन्।

    पाँगाबाट सुन्दरीघाटतर्फ जाँदै गरेको भ्यान मंगलबार बिहान १० बजे दुर्घटना भएको हो। 

    वृत्तका अनुसार भ्यानमा ११ जना सवार रहेका थिए। ड्युटीमा हिँडेका प्रहरी भ्यानको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

    घाइते प्रहरीको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार