Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन


    मंगलबार, भाद्र ९ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्वीर

    लण्डन ।  शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो ।

    गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उहाँको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहनुभएका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आउनुभएको थियो । उहाँका बुबाआमा भने नेपालमै हुनुहुन्छ ।  रासस 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार