काठमाडौं । डोटीमा जिप दुर्घटनामा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका-६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा हुँदा एक जनाको मृत्यु र ५ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-७ की ६५ वर्षीया धौलीदेवी विष्टको मृत्यु भएको हो। उनी र ३२ वर्षीय विष्णु बोहराको उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर गरिएको थियो।
त्यहीँ उपचारको क्रममा धौलीदेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। घाइते ९ वर्षीया टंककुमारी उपाध्याय, २४ वर्षीया दुर्गादेवी विष्ट लगायत तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend