काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार मात्र छलफल हुने भएको छ ।
सोमबारका लागि तय भएको छलफल अन्तिम समयमा स्थगित भएको हो । के कारणले छलफल स्थगित भएको भन्ने बताइएको छैन ।
गत शनिबार नेकपा कार्यदलले १६ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो । सो सुझावसहितको प्रतिवेदनमा सरकारको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने लगायतको सुझाव रहेको बताइएको छ ।
कार्यदलको सुझाव अनुसार प्रम ओलीले अहिले नै राजीनामा दिनु नपर्ने र स्थायी समिति बैठक अघि बढाउनुपर्ने सुझाव दिएको छ । यस्तै पार्टीको महाधिवेशन पनि चैतकै लागि उपयुक्त हुने सुझाव समेत दिएको छ ।
नेकपा विवाद जरो भनेकै प्रचण्डलाई नाममात्रको कार्यकारी अध्यक्ष बनाइनु थियो । प्रचण्डको माग पूरा हुनेगरी समेत कार्यदलले सुझाव दिएको छ । अबदेखि सरकार सञ्चालनको नेतृत्व ओलीको र पार्टी सञ्चालनको जिम्मेवारी प्रचण्डको हुने सुझाव दिइएको छ ।
यस्तैगरी यसअघि मन्त्री नियुक्ती तथा प्रदेशका मुख्यमन्त्री बनाउने क्रममा प्रम ओलीले एकलौटी गरेको निर्णयहरु समेत परिवर्तन गर्न सुझाव दिइएको छ । मन्त्रिमण्डलमा नेता माधव नेपाल र प्रचण्डलाई चार मन्त्री दिने तथा दुई मुख्यमन्त्री फेर्ने गरी सुझाव दिएको नेकपा निकट स्रोतले बताएको छ ।
यस्तैगरी कोरोना महामारीको अन्त्यपछि मात्रै केन्द्रीय समिति बोलाउन समेत सुझाव दिइएको छ ।
दुई अध्यक्षबीचको छलफलपछि सो प्रतिवेदनलाई क्रमश: पार्टी सचिवालय र स्थायी समिति बैठकमा पेश गर्ने तयारी रहेको छ । सो प्रतिवेदन कार्यान्वयन गर्दै नेकपाको विवाद अन्त्य हुने एक सचिवालय सदस्यले दावी गरेका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend