Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोध


    आइतबार, फाल्गुन २८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लागि परेका उम्मेदवारमाथि आज दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो कार्यतालिका रहेको त्रिविले जनाएको छ ।

    हिजो प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिविले बताएको छ । सो दाबी विरोधपछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

    स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार