काठमाडौं । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भइ ललितपुर महानगरपालिका-२८ हरिसिद्दी बस्ने १९ वर्षीय लोकेन्द्रसिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारामा जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ।
उनलाई महानगरीय प्रहरी प्रभाग हरिसिद्दीबाट खटिएको टोलीले पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।