धनगढी। कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय जयकिशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी गोदावरी नगरपालिका–५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र सोही नगरपालिका–६ भुयराका ३१ वर्षीय विष्णु चौधरीलाई अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जनाएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend