काठमाडौँ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा यही फागुन २५ गतेदेखि जजीरा एयरवेजले आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको छ । जसअनुसार भैरहवाबाट साप्ताहिक रुपमा ३ वटा उडान गर्ने कम्पनीले जनाएको छ ।
जजीराले भैरहवाबाट कुबेतको लागि मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ । यस्तै, कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म २८ हजार ८३६ को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।
नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले यस सम्बन्धमा भने, “नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका विचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दै छौ । यस प्रबद्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पु¥याउछ भन्नेमा हामी विश्वस्त छौ ।”
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ । अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्। जेन–जी आन्दोलनको एक...
काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा जारी उद्धार टोलीलाई मद्दत गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि आज त्यहाँ पुग्दै छन्। उनको सचिवालयका अनुसार नेपाली...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend