Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुर्गा प्रसाईंद्वारा ११ बुँदे मागसहित आन्दोलनको घोषणा


    मंगलबार, फाल्गुन १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। व्यापारीसमेत रहेका दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो साथमा लिएर ११ बुँदे मागसहितको आन्दोलन घोषणा गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानको नाममा प्रसाईँले आन्दोलनको घोषणा गरेका हुन् ।

    पुनः प्रजातन्त्र प्राप्तिका लागि आम नेपाली जनसमुदायलाई माया गर्दै पूर्वराजालगायत राजपरिवारका सदस्यलाई नागरिकको हैसियतमा यो आन्दोलनमा सहभागी हुन संविधानले कुनै अवरोध नभएको प्रसाईँले पत्रकार सम्मेलनमा बताए ।

    उक्त पत्रकार सम्मेलनमा महाअभियानले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागु गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रिय करण गर्नुपर्ने माग गरेको छ ।

    यस्तै, केही आगाडी नेकपा एमालेले केन्द्रीय सदस्य प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको थियो । राजतन्त्र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरेसँगै एमालेमा उनलाई कारबाही गर्नुपर्ने आवाज उठेको थियो । तर, एमालेले औपचारिक निर्णय गर्नुअगावै प्रसाईँले एमाले त्यागेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार