Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सन्दीप लामिछानेलेलाई यूएई पठाउने तयारीमा क्यान


    मंगलबार, फाल्गुन १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सर्वोच्च अदालतले सोमबार लेग स्पिनर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले संयुक्त अरब इमिरेट्स (यूएई) पठाउने प्रक्रिया थालेको छ।

    सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए । किशोरी बलात्कार आरोपमा २० लाख धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।

    सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले हिजो सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।

    क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए ।

    ‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार