Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सेयर बजार : ३.६५ अंकले घट्यो


    सोमबार, फाल्गुन १५ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको छ । सोमबार ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ ।
    आज ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८९ करोडको कारोबार भएको छ । हिजो २ अर्ब ५२ करोडको कारोबार भएको थियो ।

    यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको नेप्सेले जनाएको छ ।

    त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९ प्रतिशतले वृद्धि भएको छ ।

    यता, हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
    सोमबार १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार