काठमाडौं। नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गरेका ८ मन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेसँगै आठजना मन्त्रीले राजीनामा दिन लागेका हुन्।
एमालेबाट प्रतिनिधित्व गरेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री बिमला राई पौड्याल,रक्षामन्त्री हरिराज उप्रेती,स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिन लागेका हुन्। पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता सपथ लिएका थिए ।
यस्तै,उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी,कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह,भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राइले राजीनामा बुझाएका हुन् ।
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend