Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनले बनायो कार्यदल, संयोजकमा पूर्णबहादुर खड्का


    आइतबार, फाल्गुन १४ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । आज बेलुका बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।

    सो कार्यदल सदस्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खाँ र लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी रहेका छन् ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी पनि छन् ।

    ती सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिनुपर्ने जनमत पार्टीका नेता तथा मन्त्री अब्दुल खाँले बताए । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । सो निर्वाचनमा आठ दलको साझा उम्मेदवार रामचन्द्र पौडेल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार