Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी, ऋषि धमला पत्नी पनि सहभागी


    आइतबार, फाल्गुन १४ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमााडौं । आठ दलीय गठबन्धनको बैठक जारीे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गरिने बताइएको छ ।

    सो बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी रहेका छन्।

    नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएकोदेखि अन्य समसामायिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ ।

    नयाँ गठबन्धनमा आवद्ध ८ दलको बैठकमा रिपोर्टस् क्वलका सदाबहार अध्यक्ष ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि नागरिक उन्मुक्ति पार्टीबाट सहभागी भएकी छन् । ८ दलको बैठकमा एलिजा सहभागी भएको बिषयले निकै चर्चा भने पाएको छ । सामाजिक संजालमा एलिजा ८ दलको बैठकमा सहभागी भएको बिषयलाई ट्रोल बनाइएको छ । एलिजा केही दिनअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार