Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • मध्यपुर थिमिका उपमेयरमाथि हातपात


    आइतबार, फाल्गुन १४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठमाथि हातपात भएको छ । विकास निर्माणका कामको अनुगमनमा गएका श्रेष्ठमाथि हातपात भएको हो ।

    नगरपालिकाको मध्यपुर थिमि नगरपालिका वडा नं ५ बस्ने सुमन जोशी लगायतका समूहहरूले उपमेयरमाथि हातपात गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका र नेकपा माओवादी केन्द्र मध्यपुर थिमि नगर कमिटीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

    उपमेयर श्रेष्ठ माओवादीको मध्यपुर थिमि नगर कमिटी अध्यक्षसमेत हुन् । बालकुमारी हात्तिमहाकाल सडक आयोजनाको योजना सुरु गर्ने क्रममा दुई पोखरी टोलमा ढुङ्गा विच्छाउने कार्यको लागि गत माघमा नगर प्रमुख र नगर उपप्रमुखको उपस्थितिमा बालकुमारी हात्तिमहाकाल सडक उपभोक्ता समिति गठन भएको थियो ।

    सो कार्य सञ्चालन गर्नका लागि सहजीकरण गर्न कार्यस्थलमा उपस्थित भई कार्य गरिरहेको अवस्थामा हातपात भएको नगरपालिकाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार