काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आईतबारका लागि हरियो तरकारी तथा फलफूलको मूल्य निर्धाण गरेको छ ।
जसअनुसार आइतबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ४०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ८० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु १७ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम रहेको समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँ केजीमा पाइन्छ ।
त्यस्तै, आइतबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ४० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना ३५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोबाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १२० रुपैयाँ केजी र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend