Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • क्यानको साधारण सभा आजदेखि सुर्खेतमा


    आइतबार, फाल्गुन १४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) को वार्षिक साधारण सभा सुर्खेतको वीरेन्द्रनगरमा आज आइतबार देखि सुरु हुँदैछ । पोखरामा गत माघमा बसेको क्यानको बोर्ड बैठकले साधारण सभा सुर्खेतमा फागुन १४ र १५ गते गर्ने निर्णय गरेको थियो ।

    क्यानको साधारणसभामा सेभेनथ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने लगायतका विभिन्न आठ एजेन्डामा छलफल हुनेछ । साधारणसभामा ४५ जिल्लाका प्रतिनिधि, २१ प्रदेश प्रतिनिधि, १७ केन्द्रीय सदस्य, ३ पर्यवेक्षक, अम्पायर र प्रशिक्षक गरी ८७ जना सहभागी हुने क्यानले जनाएको छ ।

    उक्त साधारणसभाको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने छन् । क्यानले आफ्नो साधारण सभा काठमाडौँ बाहिर गर्ने गरेको थियो । त्यसैअनुसार यो पटक कर्णालीमा गर्ने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार