काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, बिभागीय कार्यसमिति गठन भएको छ । संगठनको आयोजक कमिटीले आयोजना गरेको भेलाले बिभागीय कार्यसमिति गठन गरेको हो ।
संगठनका उपत्यका बिशेष प्रदेश संयोजक हरिकाजी राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले धनदेव जोशीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ भने आसन्न राष्ट्रिय अधिबेशनका लागि केन्द्रिय प्रतिनिधि समेत चयन गरेको छ । यसका लागि संगठनका केन्द्रीय आर्थिक बिभाग प्रमुख दिनेश लम्सालको संयोजकत्वमा केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार इन्चार्ज धनबहादुर बुढा (डिबी) र केन्द्रीय सदस्य हरिहर गौतम सदस्य रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त कार्यक्रममा हरिकाजी राई , दिनेश लम्साल र धनबहादुर बुढाले शुभकामना र संगठन निर्माण सम्बन्धी समसामयिक मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा आर्थिक बिभाग प्रमुख दिनेश लम्सालले सरकार ट्रेड युनियनप्रति सकारात्मकरूपमा प्रस्तुत हुन नसकेको सन्दर्भमा सदा चनाखो बन्दै जनताको सेवालाई प्राथमिकतामा राख्दै सौदावाजी गर्दै जानुपर्ने बताउनुभयो । लम्सालले सरकारको धारणामा परिवर्तन ल्याउने गरी ट्रेड युनियन गतिबिधिमा लाग्न अनुरोध गर्नुभएको थियो । ट्रेड युनियनमा आबद्ध भएकै कारण आउने धम्की र दुःख दिने नियतबाट नडराउन र समयमै जानकारी गराउन समेत उहाँले आग्रह गर्नुभएको थियो ।
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend