काठमाडौँ। पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी राष्ट्रपतिमा एमालेलाई नै भोट हाल्ने आशा रहेको बताएका छन्।
आज शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सम्झौताअनुसार नै भोट हाल्ने यकिन भएको बताए।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमालेलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो र दबाब परेको ओलीले बताए।
‘समस्या नै छैन। हामीले पुस १० गते नै सहमति गरेका छौं। अलिकति प्रचण्डजीले मलाई अप्ठेरो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। उहाँले पुस १० गतेको सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने हामीलाई लगभग यकिन नै छ,’ उनले भने।
आठ दलले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णयबारे गरिएको प्रश्नमा दलका नेतालाई चिया खान बोलाएको बताए। चिया खान बोलाएको जति सबै भोट नै हुन् भन्दै उनले प्रश्न गरेका हुन्।
यस्तै, एमालेले राष्ट्रपति निर्वाचन आगाडी तत्काल सरकार नछाड्ने पनि निर्णय गरेको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend