Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाका मन्त्री सिटौलाले भोलि राजीनामा बुझाउने


    शनिबार, फाल्गुन १३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ नम्बर प्रदेश सरकारका मन्त्रीले भोलि राजीनामा बुझाउने भएका छन् ।

    उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले भोलि आइतबार राजीनामा दिने बताए ।

    आजै राजीनामा बुझाउने निर्णय भए पनि आज सार्वजनिक बिदा शनिबार भएकाले भोलि मात्रै राजीनामा बुझाउने उनले बताए । सिटौला पुस २५ गते विना विभागीय मन्त्री नियुक्त भएका थिए ।

    राप्रपा केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको शनिबार बसेको संयुक्त बैठकले संघ तथा प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार