Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कांग्रेसको निर्णय: रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने


    शनिबार, फाल्गुन १३ २०७९
    1.5K
    Shares
    g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjf nfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z'esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज शनिबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई अघि सार्ने निर्णय गरेको हो ।

    नयाँ सहमति अनुसार कांग्रेस-माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ। यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको हो।

    राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्य तालिका छ । राष्ट्रपति निर्वाचनको मतदान यही फागुन २५ गते हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार