Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एमालेले बोलायो सचिवालय बैठक, राष्ट्रपतिको उम्मेदवार तय गर्ने


    शुक्रबार, फाल्गुन १२ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा (एमाले)ले आउँदै गरेको राष्ट्रपति निर्वाचनकाअघि राष्ट्रपतिको उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ।

    राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए। त्यससँगै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिशन ग्रासरुट’ बारे पनि छलफल हुने जनाइएको छ।

    भोलि शनिबार बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको सचिव अधिकारीले बताए।

    राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ। त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार