काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।
एक जना १७ वर्षीय भनिएकी किशोरी बलात्कारको कसुरमा २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले लामिछानेलाई विदेश भ्रमणबाट भने प्रतिबन्ध लगाएपछि सन्दीपले दिएको निवेदनमा शुक्रबार सुनुवाईको पेसी तोकिएको हो । तर, खतिवडाको एकल इजलासमा साे पेसी अन्तिममा छ। आजै हेर्न भ्याइने/नभ्याइने टुंगो छैन।
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजकाे युएई भ्रमणका लागि आईसीसीलाई १५ सदस्य टोली पठाउनेघोषणा गर्दा सन्दीप भने उक्त टोलीमा समावेश भएका छैनन् ।
बलात्कार आरोप लागेका स्पिनर सन्दीपलाई धरौटीमा रिहा गर्दा उच्च अदालत पाटनले विदेश जान भने रोक लगाएको थियो । त्यसकारण पनि उनी टोलीमा नपरेका हुन् । त्यसपछि उनले बिहीबार सर्वोच्चमा निवेदन दिएका थिए।
६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend