Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेस संसदीय दलको आज बैठक बस्ने


    शुक्रबार, फाल्गुन १२ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो ।

    सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

    उनका अनुसार सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालिसकेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई बैठकमा बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार