काठमाडौँ । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारणसभा तथा नवौं अधिवेशन यही फागुन १४ गते हुने भएको छ । यो अधिवेशनले संघको नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन्न् ।
संघको आगामी नेतृत्वका लागि गौतमले अध्यक्षसहित प्यानलै घोषणा गरेका छन् । अध्यक्ष गौतमले बानेश्वरको एक होटलमा आफ्नो प्यानलको उम्मेदवारीको घोषणा गरेका हुन् ।
संघको निवर्तमान अध्यक्ष रहेका गौतमले थप एक कार्यकालका लागि आफूले काम गर्ने मौका पाएमा निर्माण ब्यवसायीको पक्षमा धेरै कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायीको पेशा धराशायी भएको बताउँदै यसका लागि निर्माण व्यवसायीहरूको सुझाव अनुसार काम गर्ने प्रष्ट पारेका छन् । उनले ब्यवसायीको पक्षमा काम गर्ने बताए ।
गौतमको समूहबाट वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ(विजय), उपमहासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् ।
त्यस्तै, उपमहासचिव (आन्तरिक) राजन गौतम, कोषाध्यक्ष मनोज श्रेष्ठ र सह–कोषाध्यक्ष राजन श्रेष्ठ घोषणा गरेका छन् ।
गौतमको समूहका सदस्यहरू पछि घोषणा गर्ने बताइएको छ । उपत्यका निर्माण व्यवसायी संघमा करिब १ हजार ५ सय सदस्य रहेका छन् । संघको कार्यकाल तीन वर्षको हुने ब्यवस्था छ ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend