Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ


    बिहिबार, फाल्गुन ११ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१३ सापाटारमा ओखर (जुवा) खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका-८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार