Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्- प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न मिल्दैन


    बिहिबार, फाल्गुन ११ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदै गरेको राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताएका छन्।

    आज बालकोटमा पत्रकारसँग कुराकानी गर्दै ओलीले पूर्वसहमतिअनुसार प्रधानमन्त्री प्रचण्ड अघि बढ्ने बताए।

    गत पुस १० गते नै नेकपा एमालेसँग राष्ट्रपतिका लागि सम्झौता भइसकेको हुँदा प्रधानमन्त्री प्रचण्डले अरू कसैलाई समर्थन नगर्ने ओलीको भनाइ छ।उहाँ (प्रधानमन्त्री प्रचण्ड) ले सपोर्ट गर्दैगर्नु हुन्न। गर्नै मिदैन। किनभने हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभयो,’ अध्यक्ष ओलीले भने।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार