महोत्तरी । कर्तव्य ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका संसद लक्ष्मी महतोको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
तर, गृहमन्त्रालयसमेत विज्ञप्ति निकालेर उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेका उनै कोइरीको नाम भने राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश छ ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको २५ फागुनमा राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा कोइरीको नाम समावेश गरिएको छ ।
मतदाता नं. १३०१९७२४ उल्लेख गरिएको कोइरीको परिचयपत्र समेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ ।
क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।
जनकपुर उच्च अदालतले २०७७ मा नै उनलाई पक्राउ गरेर थुनामा राख्ने आदेश दिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend